पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान « Khabarhub

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ ।

स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयानुसार सोमबार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले आइतबार वीरगञ्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको छ । त्यसैगरी, बलिरामपुरमा दुई, अलौँमा दुईवटा सिसी क्यामेरा जडान गरिएको हो ।

सिसी क्यामेरा जडान गर्न गएका भन्सारका कर्मचारी टोलीलाई अवरोध पुर्‍याएपछि सोमबार स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको संयोजक प्रजिअकै नेतृत्वमा टोली नै पुगेर सिसी क्यामेरा जडान गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रजिअ अर्यालले सीसी क्यामेरा जडान भएसँगै भन्सार छली गरेर अवैध मालसमान ओसारपसार गर्नेलाई मनोवैज्ञानिक तवरले पनि तस्करी नियन्त्रणमा सघाउ पुग्ने आशा राखेको बताए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको जानकारी दिए । कार्यालयले सम्भावित चोरी निकासी तथा तस्करी हुनसक्ने जोखिमयुक्त ठाउँमा लक्षित गरेर सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिँदै जाने बताए ।

उनले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय, नाका तथा अन्य संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ५४ बजे

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको

धनुषामा युवती मृत फेला

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक