अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी | Khabarhub Khabarhub

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले एक दिवसीय खेलमा लगातार दोस्रो जित निकालेको छ।

दीपेन्द्र र भीमको शतकमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ३३६ रनको विशाल लक्ष्य दिएको हो। नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो।

नेपालका लागि ६७ बलको सामना गरेका दीपेन्द्रले १२ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए। भीमाले ९० बलको सामना गर्दै १० चौका र दुई छक्कासहित १०४ रन बनाएका थिए। नेपालका दीपेन्द्र र भीम दुवै रिटायर्ड हट भएका थिए।

यसअघि नेपालका अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे। नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको मेरिलेबोन क्रिकेट क्लबका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। नेपालले मेरिलेबोनलाई ३५.३ ओभरमा २१२ रनमा अलआउट गरेको हो।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले कार्डिफको न्युपोर्ट टोलीलाई तीन विकेटले हराएको थियो। शुक्रबार सम्पन्न खेलमा २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो।

उक्त खेलमा नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाएका थिए। गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाउँदा आरिफले नटआउट ७३ रन बनाएका थिए। आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए।

युकेमा नेपालले थप एक टोलीसँग अभ्यास खेल्नेछ। युकेको अभ्यास सकेपछि नेपालले लिग-२ का खेल खेल्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०८ बजे

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग

शैक्षिक हड्तालको असर : स्कुल पुगेर फर्किए बालबालिका (तस्बिरहरू)

काठमाडौं – धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन