आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित « Khabarhub

आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो ।

नेपालकी कविता कुँवरले २४, राजमति ऐरीले २० र रुविना क्षेत्रीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

थाइल्यान्डकी ओन्निचा कामचोम्फुले चार, थिपाचा पुथावोङले तीन तथा सुलेपोर्न लाओमीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १२ : २६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६