आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित « Khabarhub

आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो ।

नेपालकी कविता कुँवरले २४, राजमति ऐरीले २० र रुविना क्षेत्रीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

थाइल्यान्डकी ओन्निचा कामचोम्फुले चार, थिपाचा पुथावोङले तीन तथा सुलेपोर्न लाओमीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १२ : २६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक