काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक « Khabarhub

काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न बस्नेगरी गभर्नर सिफारिस समितिको बैठक डाकेका छन्‌ । बैठक लगत्तै सम्भव भएसम्म आजै मन्त्रिपरिषद्‌ बैठक डाकेर नेपाल राष्ट्र बैंकका लागि नयाँ गभर्नर नियुक्ति तयारीमा सरकार जुटेको हो ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसले सिफारिस गरेका विश्व पौडेललाई नै गभर्नर बनाउने कसरत भइरहेको छ । यसअघि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने आश्वासन दिएर राजीनामा नै गर्न लगाएका थिए ।

तर, भट्टलाई गभर्नर बनाउने प्रस्तावमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि दुई दलका शीर्ष नेताबीच दूरी बढेको थियो ।

प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिबारे छलफल गर्न भन्दै काङ्ग्रेस सभापति देउवालाई सोमबार बेलुकी बालुवाटारमा बोलाएका थिए । तर, आफूले प्रस्ताव गरेका एकपछि अर्को नाम अस्वीकार गरेका ओलीसँग गभर्नर नियुक्ति मामिलामा थप छलफल नगर्ने भन्दै देउवाले निम्तो नै अस्वीकार गरेका थिए ।

त्यस्तो व्यवहारबाट झस्किएका ओलीले अर्थमन्त्री पौडेललाई देउवाकै इच्छाबमोजिम गभर्नर नियुक्त गर्नेगरी सिफारिस समिति बैठक बोलाउन निर्देशन दिएका थिए । अर्थमन्त्री पौडेलले पनि सोहीअनुसार बैठक बोलाएका हुन् ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई २०८१ चैत २२ गते बिदाइ गरेयता नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । सङ्लग्न सदस्य र एकपछि अर्को राजीनामाले गभर्नर सिफारिस समिति नै विवादित बनेको छ ।

समितिमा काङ्ग्रेसकै तर्फबाट नियुक्त भएका विश्व पौडेल आफैँ गभर्नर बन्ने दौडमा लागेर राजीनामा दिएपछि वैशाख ३१ मा अर्थमन्त्री पौडेलले डा. पोषराज पाण्डेलाई नियुक्त गरेका थिए ।

त्यसअघि सरकारले २०८१ चैत ११ गते अर्थमन्त्री पौडेलको नेतृत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र काङ्ग्रेस नेता विश्व पौडेल रहनेगरी गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

तर, पूर्वगभर्नर भट्टराईले वैशाख ८ गते समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख १७ गते सरकारले भट्टराईको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।

आज बस्ने बैठकमा अर्थमन्त्री पौडेल, निवर्तमान गभर्नर अधिकारी र अर्थविद्‌ पाण्डेले नै नयाँ गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछन्‌ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : २० बजे

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्