पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से « Khabarhub

पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविज्ञ डा विश्व पौडेल आउने चर्चासँगै आजको शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से इन्डेक्स ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको कारोबारमा २२९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आज एउटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल आएन ।

आज नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबै उपसूचक बढ्न पुगेको छ ।

आजको कारोबारमा सिन्धु विकास बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गर्न सफल भए भने विन नेपाल लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ३ : ५५ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत