परराष्ट्र सचिव भन्छन्- चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो | Khabarhub Khabarhub

परराष्ट्र सचिव भन्छन्- चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध र सम्भावनाको समीक्षा’ विषय गोष्ठीको उद्घाटन सत्रमा उनले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पारे ।

‘नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत सम्बन्ध रहिआएको घनिष्ट मित्रराष्ट्र हुन् । हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ’, उनले भने ।

नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले नेपालको सार्वभौमसत्ता र भौलोगिक अखण्डता एवं राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गरे ।

‘हामी नेपाली जनता चीनको सहयोगप्रति आभारी छौँ, नेपालका लागि चीन आर्थिक सहभायताको सबैभन्दा ठूलो देश मात्र नभई दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो’, राईले भने ।

सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताए ।

उनले बीआरआईमार्फत् अगाडि बढेका आयोजनाले नेपालको आर्थिक विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले विगत ७० वर्षदेखि नेपाल र चीनबीच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताए ।

‘विभिन्न समयमा हुँदै आएको उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट तुल्याउन योगदान पुगेको छ, सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याएको छ’, उनले भने ।

नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रीडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

चीनले नेपाललाई सधैँ समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताए ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सव मनाइएका बेला दुवै देशका सरकारी ‘थिङ्क ट्याङ्क’ ले आयोजना गरेको ऐतिहासिक गोष्ठी हो ।

नेशनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टाटेजी अफ दि चाइनिज अकाडमी अफ सोसल साइन्स (निस)ले पहलमा भएको यस गोष्ठीले औपचारिक सहकार्यको जग बसाल्ने आयोजकको अपेक्षा छ ।

त्यस अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्माले नेपाल र चीन एकअर्काका विश्वासिला छिमेकी मित्र भएको बताए ।

‘नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध पाँचौँ शताब्दीदेखि नै रहिआएको छ, पूर्वाधार र उद्योगदेखि मानवीय सहयोगसम्म नेपालको विकासमा चीनको योगदान छ, जुन महत्त्वपूर्ण र प्रशंसनीय छ’, उनले भने ।

विगतमा काठमाडौं अन्तरराष्ट्रिय व्यापार, पारवहन र सम्पर्क सञ्जालको प्रमुख केन्द्रका रूपमा रहेकामा अहिले पनि त्यसलाई निरन्तरता दिन आवश्यक रहेको अध्यक्ष शर्माले बताए ।

विश्वमा भएका विभिन्न घटना र परिवेशले नेपाल र चीनबीच स्थिर, सहयोगी र अग्रगामी साझेदारीको आवश्यकतालाई आह्वान गरिरहेको जनाउँदै उनले हाम्रा सम्बन्ध दुई राष्ट्रहरूको फाइदाका लागि मात्र नभई समग्र एसिया क्षेत्रमा शान्ति, स्थिरता र साझा समृद्धिका लागि हुने धारणा राखे ।

नेपाल–चीन रणनीतिक सहयोग साझेदारीको प्रभावकारी कार्यान्वयनमा नेतृत्व र निर्णयकर्तालाई मार्गदर्शन गर्न सक्ने कार्ययोग्य नीतिगत सिफारिस गर्नु गोष्ठीको उद्देश्य रहेको जानकारी दिए । रासस

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : ४० बजे

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत – भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित