आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि ।  तदनुसार सन् २०२६ जनवरी २८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा कमाउने योग छ ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम तय हुनेछ । स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ । साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ ।

कन्या : आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ । सोचेका काम नबन्दा निराशा बढ्नेछ ।  शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दैनिक काम सहजै बन्नेछन् । खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।

धनु : साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ ।

मकर : मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटमा साथीको साथ मिल्नेछ ।

मीन : मन अशान्त बन्नसक्छ । शिक्षामा मेहिनेतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ५ : १९ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना