ओली-देउवाले विश्व पौडेललाई गभर्नर बनाउने टुंगो गरेपछि सिफारिस समितिको बैठक « Khabarhub

ओली-देउवाले विश्व पौडेललाई गभर्नर बनाउने टुंगो गरेपछि सिफारिस समितिको बैठक


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासमा नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीनजनाको नाम छान्ने जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको हो ।

तर, करिब डेढ महिनादेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले उल्टो अभ्यास गरिरहेका छन् । चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिए ।

सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको छ ।

प्रधानमन्त्री ओली देउवाकै अडानअुनसार कांग्रेसको कोटाबाट गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नियुक्त गर्न तयार भएका हुन् ।

मंगलबार बिहान दुई नेताबीचको यो सहमतिपछि बल्ल पौडेल नेतृत्वको सिफारिस समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

अर्थमन्त्रालयमा बसिरहेको यस बैठकले अब नयाँ गभर्नरका रूपमा अघि सारिएका पौडेलसहित अन्य दुईजनाको नाम सिफारिस गर्नेछ ।

सिफारिस समितिमा अहिले अर्थमन्त्री पौडेल संयोजक छन् । त्यसैगरि तत्कालीन सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्त निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विज्ञतर्फ पोषराज पाण्डे छन् । उनी पनि गभर्नर बन्न लागेका विश्व पौडेलले राजीनाम दिएपछि हालै मात्र सिफारिस समितिमा पुगेका हुन् ।

पौडेल नेतृत्वको समितिको सिफारिस अनुसार मंगलबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्नेछ ।

यसअघि गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको नाममा ओली र देउवाले सहमति जनाएका थिए । तर बिचौलियाको चर्को चलखेलका कारण भट्टको नाम पनि पछि अस्वीकृत भयो । त्यसपछि कायमुकायम गभर्नर नीलम ढुंगाना र नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाम पनि चर्चामा थियो ।

दुई दलबीच असहमति मात्रै थिएन, नयाँ गभर्नरका लागि फरक फरक नाममा बिचौलियाहरूले चर्को लबिइङ गरेका थिए । ओली र देउवासँगै परराष्ट्रमन्त्री डा. आरजु देउवाले पनि गभर्नरका लागि आफ्नोतर्फबाट लबिइङ गरेकी थिइन् । अन्तत: लामो रस्सकस्सी गरेर बदनाम दुई दलले गभर्नरको टुंगो लगाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ४ : ५१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं