दोस्रो पशुपति चौलागाईं स्मृति कपको उपाधि मेलुङलाई  « Khabarhub

दोस्रो पशुपति चौलागाईं स्मृति कपको उपाधि मेलुङलाई 


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका बामपंथी नेता एवं सांसद स्व पशुपति चौलागाईंको चौथो स्मृतिमा वैतेश्वरको मैनापोखरीमा आयोजना गरिएको दोस्रो पशुपति चौलागाईं स्मृति कप जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता मेलुङ गाउँपालिका बनेको छ।

मंगलबार सम्पन्न जिरी नगरपालिकाको टिम रास्वपा र मेलुङ गाउँपालिका बीचको फाइनल खेलमा सोझो सेटमा जिरीलाई पछिपार्दै मेलुङ प्रथम स्थान हासिल गर्दै नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी उचाल्न सफल भएको हो।

त्यसैगरी प्रतियोगितामा रास्वपा टिम जिरीले दोस्रो बन्दै नगद एक लाख प्राप्त गरेको छ भने,तेस्रो बन्न सफल गौरीशंकर गाउँपालिकाले नगद ५० हजार र सान्त्वना स्थान हासिल गर्ने तामाकोशी गाउँपालिकाले नगद २५ हजार प्राप्त गरेको खेल आयोजक पशुपति फाउन्डेसनले जनाएको छ ।

शनिबार देखि सञ्चालित दोस्रो पशुपति चौलागाईं स्मृति कपमा भलिबल प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं पुर्व मन्त्री जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । 

पशुपति चौलागाईं फाउन्डेसनका अध्यक्ष समेत रहेका स्व चौलागाईंका छोरा सुमन चौलागाईंको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्मृतिकपमा स्व चौलागाईंले देखाएको बाटो र नेपाली राजनीतिमा पुर्‍याएको योगदानलाई स्मरण गरेका थिए। -सुबास बस्नेत/ दोलखा

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०५ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया