हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू « Khabarhub

हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित युरोपेली युनियनका राजदूतसहितको प्रतिनिधिमण्डल मंगलबार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेको छ ।

उक्त टोलीले अवलोकन भ्रमणका क्रममा नेपाल-भारत विद्युत् व्यापार र ग्रामीण विद्युतीकरणबारे जानकारी लिएको छ ।

प्राधिकरणका स्रोतका अनुसार नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको टोलीमा अस्ट्रिया र स्विडेनका राजदूतसमेत थिए ।

त्यसैगरी टोलीमा विभिन्न दूतावासका उच्च पदस्थ अधिकारीसहित २० जना सहभागी थिए ।

टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कार्यअवस्था, नेपाल-भारत विद्युत् व्यापारबारे जानकारी लिएको छ । त्यसैगरी भार प्रेषण केन्द्रबाट गरिएको विद्युत् वितरण नियन्त्रण प्रक्रियाबारे पनि राजदूतहरूले जिज्ञासा राखे ।

राजदूतहरूको विषेश चासो युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा सञ्चालित ग्रामीण विद्युतीकरणबारे थियो ।

उनीहरूले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौतीबारे पनि जिज्ञासा राखेका थिए । राजदूतहरूका प्रश्नको जवाफ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले दिएका थिए । उनले राजदूतहरूलाई प्राधिकरणको भार प्रेषण केन्द्रबारे विस्तृत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : १९ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी