हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू | Khabarhub Khabarhub

हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित युरोपेली युनियनका राजदूतसहितको प्रतिनिधिमण्डल मंगलबार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेको छ ।

उक्त टोलीले अवलोकन भ्रमणका क्रममा नेपाल-भारत विद्युत् व्यापार र ग्रामीण विद्युतीकरणबारे जानकारी लिएको छ ।

प्राधिकरणका स्रोतका अनुसार नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको टोलीमा अस्ट्रिया र स्विडेनका राजदूतसमेत थिए ।

त्यसैगरी टोलीमा विभिन्न दूतावासका उच्च पदस्थ अधिकारीसहित २० जना सहभागी थिए ।

टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कार्यअवस्था, नेपाल-भारत विद्युत् व्यापारबारे जानकारी लिएको छ । त्यसैगरी भार प्रेषण केन्द्रबाट गरिएको विद्युत् वितरण नियन्त्रण प्रक्रियाबारे पनि राजदूतहरूले जिज्ञासा राखे ।

राजदूतहरूको विषेश चासो युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा सञ्चालित ग्रामीण विद्युतीकरणबारे थियो ।

उनीहरूले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौतीबारे पनि जिज्ञासा राखेका थिए । राजदूतहरूका प्रश्नको जवाफ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले दिएका थिए । उनले राजदूतहरूलाई प्राधिकरणको भार प्रेषण केन्द्रबारे विस्तृत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : १९ बजे

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’