खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा « Khabarhub

खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने ‘खुम्बु आइसफल’ पुगेका छन् । 

बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा सुरु गरेर उनी सोमबार बिहान छ हजार चार सय मिटर उचाइमा रहेको ‘खुम्बु आइसफल’ पुगेका हुन् । 

महामन्त्री शर्माले सामाजिक सञ्जालमा जन्म दिने आमाबुवा र बाल्यावस्थामा स्याहार–सुहार गरेकी ‘आमा’ देउकुमारी श्रेष्ठको तस्बिर रहेको ‘फ्रेम’ सहित आफ्नो तस्बिर सार्वजनिक गरेका छन् । 

उनले सामाजिक सञजालमा लेखेका छन् : आफ्नै अघिल्लो रेकर्ड लोबुचे हिमाल आरोहण (६१४५ मिटर) भन्दा केही माथी पुगेको छु आज ६४०० मिटरको उचाइमा l बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा शुरु गरेर, सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने `खुम्बु आइसफल´, सोमबार उज्यालो हुँदा पार गरेर camp-1 एकरात बस्दै, आज camp-2 
आज जेठ ६, मलाई जन्मदिने ममतामयी आमाको जन्मदिन l यो उचाईबाट असिम श्रद्धा, असिम स्मृति, अटुट प्रेम l ( तस्वीर ; फ्रेममा ; पिता पर्शुराम शर्मा, जन्मदिने आमा सावित्री शर्मा र दुध पियाउनु हुने आमा देउकुमारि श्रेष्ठ )

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ३६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक