खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा | Khabarhub Khabarhub

खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने ‘खुम्बु आइसफल’ पुगेका छन् । 

बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा सुरु गरेर उनी सोमबार बिहान छ हजार चार सय मिटर उचाइमा रहेको ‘खुम्बु आइसफल’ पुगेका हुन् । 

महामन्त्री शर्माले सामाजिक सञ्जालमा जन्म दिने आमाबुवा र बाल्यावस्थामा स्याहार–सुहार गरेकी ‘आमा’ देउकुमारी श्रेष्ठको तस्बिर रहेको ‘फ्रेम’ सहित आफ्नो तस्बिर सार्वजनिक गरेका छन् । 

उनले सामाजिक सञजालमा लेखेका छन् : आफ्नै अघिल्लो रेकर्ड लोबुचे हिमाल आरोहण (६१४५ मिटर) भन्दा केही माथी पुगेको छु आज ६४०० मिटरको उचाइमा l बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा शुरु गरेर, सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने `खुम्बु आइसफल´, सोमबार उज्यालो हुँदा पार गरेर camp-1 एकरात बस्दै, आज camp-2 
आज जेठ ६, मलाई जन्मदिने ममतामयी आमाको जन्मदिन l यो उचाईबाट असिम श्रद्धा, असिम स्मृति, अटुट प्रेम l ( तस्वीर ; फ्रेममा ; पिता पर्शुराम शर्मा, जन्मदिने आमा सावित्री शर्मा र दुध पियाउनु हुने आमा देउकुमारि श्रेष्ठ )

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ३६ बजे

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई