संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ « Khabarhub

संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । 

मन्त्री गुरुङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिला भइरहेको बताए । ‘संवैधानिक परिषद्को बैठक नियमित हुन नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ हुने गरेको छ । परिषद् बैठक नियमित बस्ने वातावरण बनाउन जरुरी छ । कुनै पनि कारणले परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन’,उनले भने।

मन्त्री गुरुङले परिषद्ले सकेसम्म सर्वसम्मत सिफारिस गर्ने वातावरण बनाउनुपर्ने, प्रमुख प्रतिपक्ष नियमित बैठकमा आउने र राज्यका काम कारबाहीलाई चुस्त दुरुस्त राख्न सबैले एक भएर काम गर्नुपर्नेमा जोड दिए  ।

उक्त विधेयकमाथिको छलफलमा माग लिँदै सदस्यहरू भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी मदनकुमारी शाह गरिमा, घनश्याम रिजाल, भगवती न्यौपाने, रेणु चन्द, शुरेसकुमार आलेमगरलगायतले संविधानको मर्म र भावनाअनुसार नै विधेयक संशोधन गर्नुपर्ने धारणा राखे ।
 
समितिका सभापति तुलसाकुमारी दाहालले परिषद् ऐन संशोधनका लागि आज सैद्धान्तिक छलफल भएको र आगामी बैठकमा विस्तृत रूपमा दफावार छलफल हुने बताइन् । –रासस
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ४८ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप