राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त | Khabarhub Khabarhub

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा. विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो ।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।

गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले जारी राखेको उल्टो अभ्यास बल्ल टुंगोमा पुर्‍याएका छन् ।

चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिएर डा. विश्व पौडेलको नाममा सहमत भएका थिए । यद्यपि पौडेललाई नेपाली कांग्रेसको कार्यकर्ताको आरोप लाग्ने गरेको छ । उनी २०७९ को चुनावमा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पात्र हुन् ।

सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको थियो ।

प्रधानमन्त्री ओली देउवाकै अडानअुनसार कांग्रेसको कोटाबाट गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नियुक्त गर्न तयार भएपछि सिफारिस समितिको बैठक बसेको थियो ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठकले तीनमध्ये पौडेललाई गभर्नरमा चयन गरेको हो ।

सिफारिस समितले पहिलो नम्बरमा प्रा.डा. विश्व पौडेलको नाम राखेको थियो । दोस्रोमा कामु गभर्नर नीलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

सिफारिस समितिमा अहिले अर्थमन्त्री पौडेल संयोजक छन् । त्यसैगरि तत्कालीन सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्त निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विज्ञतर्फ पोषराज पाण्डे छन् । उनी पनि गभर्नर बन्न लागेका विश्व पौडेलले राजीनाम दिएपछि हालै मात्र सिफारिस समितिमा पुगेका हुन् ।

यसअघि गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको नाममा ओली र देउवाले सहमति जनाएका थिए । तर बिचौलियाको चर्को चलखेलका कारण भट्टको नाम पनि पछि अस्वीकृत भयो ।

त्यसपछि कायमुकायम गभर्नर नीलम ढुंगाना र नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाम पनि चर्चामा थियो ।

दुई दलबीच असहमति मात्रै थिएन, नयाँ गभर्नरका लागि फरक फरक नाममा बिचौलियाहरूले चर्को लबिइङ गरेका थिए । ओली र देउवासँगै परराष्ट्रमन्त्री डा. आरजु देउवाले पनि गभर्नरका लागि आफ्नोतर्फबाट लबिइङ गरेकी थिइन् । अन्तत: लामो रस्सकस्सी गरेर बदनाम दुई दलले गभर्नरको टुंगो लगाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ५३ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र