अर्थसंक्षेप : गभर्नरमा विश्वनाथ पौडेल, ४९ अंकले बढ्यो नेप्से र होन्डाले विद्युतीय सवारी उत्पादन घटाउने « Khabarhub

अर्थसंक्षेप : गभर्नरमा विश्वनाथ पौडेल, ४९ अंकले बढ्यो नेप्से र होन्डाले विद्युतीय सवारी उत्पादन घटाउने


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

सर्वोच्चले पनि खोलिदियो विश्व पौडेललाई गभर्नरको बाटो

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

गभर्नरमा तीनजनाको नाम सिफारिस, मन्त्रिपरिषद्‍बाट विश्व पौडेललाई नियुक्त गरिँदै

एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कलसहितका रिन्यूअल प्याक

गभर्नरमा दलका कार्यकर्ता, देशमा शंकास्पद कारोबार संख्या ४९ प्रतिशतले बढ्यो

शंकास्पद कारोबार नियमन गर्नुपर्ने केन्द्रीय बैंकको गभर्नरमा सरकारले दलका कार्यकर्ता सिफारिस गर्दै गर्दा एक वर्ष अवधिमा देशभित्र शंकास्पद कारोबार सङ्ख्यामा ठूलो वृद्धि भएको तथ्याङ्क बाहिरिएको छ ।

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाली कांग्रेसका कार्यकर्ता (पूर्व क्रियाशील सदस्य) विश्व पौडेललाई नियुक्त गर्न लागेकै दिन शङ्कास्पद कारोबारको अत्यासलाग्दो तथ्याङ्क सार्वजनिक भएको हो ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ बमोजिम सूचक संस्थाले ४९ प्रतिशतले देशमा शंकास्पद कारोबार बढेको जनाएका छन्‌ ।

ओली-देउवाले विश्व पौडेललाई गभर्नर बनाउने टुंगो गरेपछि सिफारिस समितिको बैठक

पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से

म्याग्दीको गुर्जा : आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै

जापानी कम्पनी होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करिब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ । यो लगानीमा ३० प्रतिशत कटौती हो ।

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रूपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतचालित सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ०३ बजे

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता