डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस « Khabarhub

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको छ ।

आज (मङ्गलबार) बसेको बैठकले शाहलाई एआइजीसहित जनपद प्रहरी समूहतर्फका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई सोही समूहको प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंमा कार्यरत सुदर्शनप्रसाद सापकोटा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत दीपेन्द्र घर्ती क्षेत्री, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, रुपन्देहीमा कार्यरत दीपक रेग्मी र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र रूपन्देहीमा कार्यरत माधवप्रसाद श्रेष्ठ डीआइजी पदमा बढुवा सिफारिस भएका छन्‌ ।

यसैगरी; नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत दिलिपसिंह देउवा, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा कार्यरत दीपककुमार बस्नेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा कार्यरत ओमबहादुर राना, नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत जयराज सापकोटा, नेपाली राजदूतावास नयाँ दिल्लीमा कार्यरत सञ्जीव शर्मा दास र नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत सुरेन्द्रबहादुर गुरुङ पनि डीआइजी पदमा बढुवा सिफारिस भएका हुन्‌ ।

एआइजी बढुवा सिफारिसमा परेका शाह हाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित विशेष ब्यूरोमा कार्यरत छन्‌ ।

बढुवा सिफारिसमा परेकाहरूबारे मन्त्रिपरिषद्‌ बैठकले एक साताभित्र निर्णय गर्नेछ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ९ : २५ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप