आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि। तदनुसार सन् २०२५ जुन २० तारिख। विश्व शरणार्थी दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ।

मिथुन : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले दिन रमाइलो बन्ने छ। मन उत्साहित बन्ने छ। व्यापारमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। उद्योगबाट नाफा होला।

कर्कट : शिक्षाको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता थपिने छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शनिको प्रभावबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। परिवारबाट राम्रो कामको जिम्मेवारी प्राप्त हुनेछ। पैतृक सम्पत्तिबाट ठुलो फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने समय छ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगबाट बच्न खानपानमा विशेष ध्यान दिनु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा तपाईंबाट फाइदा उठाउने व्यक्तिसँग सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा रमाइलो बन्ने छ।

धनु : मन अशान्त बन्ने जोखिम छ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। शिक्षाको लगानीबाट नाफा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। पुरानो रोगको व्यवस्थापन गर्न नसक्ने जोखिम हुन्छ। राजनीतिक क्षेत्रमा भने नाम र दाम दुवै आर्जन हुने योग छ।

कुम्भ : आफ्नै बोलीले व्यवहार अप्ठेरोमा पर्ने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। साथीभाइले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ०८ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।