गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो « Khabarhub

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । 

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।

योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा  ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। 

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले दुई–दुई लाख विनियोजन गरेको योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको थियो ।

सडकलाई सम्याउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रका विकल्पमा दुई इन्च बाक्लो कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको बेनी नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालले बताए । उनका अनुसार चालु आवको बजेटबाट गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ एक सय छ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याइनेछ । त्रिपन्न घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

मुक्तिनाथ र मुस्ताङ आवतजावत गर्ने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले सुरू गरिएको सौन्दर्यकरणको योजनालाई आगामी आवमा पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष र अन्य सङ्घसंस्थासँग साझेदारी गरेर निरन्तरता दिने वडाध्यक्ष केसीले बताए।

गलेश्वर बजारभित्रका सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उनले बताए। भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारिसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको डिजाइन गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ३८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै