टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल « Khabarhub

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा १५२ रन नै बनाउँदा खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाउँदा नेदरल्यान्ड्सले समान र दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन बनाउँदा नेपालले समान रन बनाएपछि तेस्रो ओभरको पहिलो बलमा रोहित पौडेल पहिलो बल र रुपेश सिंह दुई डट खेल्दै तेस्रो बलमा आउट भएपछि नेपाल पराजित भएको थियो ।

नेपालको दोस्रो खेलमा स्कटल्यान्ड दुई विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा आठ विकेटको क्षतिमा पूरा गर्दै दुई विकेटको जित निकालेको थियो । तेस्रो खेलमा गएराति नेदरल्यान्ड्सले सात विकेटको क्षतिमा दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको क्षतिमा १८० रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।

तस्बिरः क्यान

नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२०मा डेब्यु गरेका छन्।

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो। लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ५५ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४