कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ « Khabarhub

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक युवालाई विहीबार साँझ पक्राउ गरेको छ । करिव एक महिना अघि नै फरार भएका मोरङको बुढीगंगा गाउपािलका–४ बस्ने चिन भन्ने २८ वर्षीय नसरुद्दिन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिया गत जेठ ६ गते बा ७ ९२६३ नम्बरको मारुती सुजुकी कार चलाएर सुनसरीबाट बुढीगंगा तर्फ गइरहेका बेला प्रहरीले खेदाउँदा खेदाउँदै फरार भएका थिए । उनी दुहवी नगरपालिका–४ मालहट्टीमा कार रोकेर फरार भएका थिए । 

उनले चलाएको कारको डिकी भित्रबाट प्रहरीले ११६ केजी गाँजा बरामद भएको थियो । जेब्रा झोलामा प्याक गरिएको गाँजा मियाले धनकुटाको दक्षिणी भेगका पालिकाबाट ल्याएका थिए । उक्त गाँजा भारतीय बजारमा तस्कर गर्न मियाले कार प्रयोग गरेको प्रहरीले जनाएको छ । 

कार र गाँजा छाडेर फरार रहेका मियालाई प्रहरीले कारकै नम्बर र व्लु बुकको आधारमा खोजतलास गर्दा उनी दुहवीकै मालहट्टी आसपास लुकेर बसेको सुराक पाएपछि थप खोजवीन गर्दा पक्राउ परेका हुन् । प्रहरीले सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : १४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै