इजरालयमा माइक्रोसफ्टको भवननजिकै मिसाइल आक्रमण, अमेरिका भन्छ- खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ | Khabarhub Khabarhub

इजरालयमा माइक्रोसफ्टको भवननजिकै मिसाइल आक्रमण, अमेरिका भन्छ- खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम- इरानले इजराइलको बिर्शेबा सहरमा शुक्रबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ।

टाइम्स अफ इजराइलको रिपोर्टअनुसार मिसाइल माइक्रोसफ्टको कार्यालयनजिकै खसेको थियो।

यसबाट धेरै कारहरूमा आगो लागेको छ । वरपरका घरहरूमा पनि ठूलो क्षति पुगेको छ। यस आक्रमणमा ६ जना घाइते भएका छन्।

लगातार दोस्रो दिन इरानले बिर्शेबा सहरमा मिसाइल आक्रमण गरेको छ। यसअघि बिहीबार पनि इरानले बिर्शेबाको एक अस्पतालमा मिसाइल प्रहार गरेको थियो । जसमा ५० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

शुक्रबार बिहानको मिसाइल आक्रममणपछि बिर्शेबा सहरको पार्किङमा राखिएका धेरै गाडीहरूमा आगो लागेको थियो।

यसैबीच न्यूयोर्क टाइम्सका अनुसार अमेरिका इरानसँग अहिले पूर्ण रूपमा परमाणु हतियार निर्माण गर्ने क्षमता रहेको विश्वासमा छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईले आदेश दिएभने इरानले केही हप्तामै परमाणु बम बनाउन सक्ने दाबी बिहीबर गरेकी थिइन् ।

लेभिटका अनुसार इरानसँग परमाणु हतियार बनाउन आवश्यक सम्पूर्ण स्रोत र प्रविधि उपलब्ध छ।

अब केवल सर्वोच्च नेताको स्वीकृति मात्रै बाँकी छ। यदि इरानले यस्तो कदम चालेमा त्यसले केवल इजराइल मात्रै नभई अमेरिका र सम्पूर्ण विश्वको सुरक्षालाई खतरामा पार्ने उनले बताएकी छन् ।

७ दिनदेखि जारी यो संघर्षमा हालसम्म इजरायलका २४ जनाको मृत्यु भइसकेको छ । ६०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

त्यस्तै, वाशिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा हालसम्म ६३९ जनाको ज्यान गइसकेको जनाएको छ । इजरायली आक्रमण मा१३२९ जना घाइते भएका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४६ बजे

हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने