प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा « Khabarhub

प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।

‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।’

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधस्वरूप सङ्केत मानिन्छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : २६ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड