माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित « Khabarhub

माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्रीहरू समयमा नै सदनमा उपस्थित नहुँदा सदनको कार्यसूची प्रभावित भएको भन्दै सरकारले सदनलाई हेपेको आरोप लगाए । 

सरकारकै कारण संसद्को कार्यसूची आउने र पछि कार्यसूचीमा आएको विषय हटाउने काम भइरहेको उनले बताए । उनले बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नहुनुले प्रतिनिधिसभाको नियमावलीको उलङ्घन भएको धारणा राखे ।

पाण्डेले विनियोजन विधेयकको पुस्तक समयमा उपलब्ध नहुँदा छलफलमा समेत समस्या भइरहेको पनि बताए । त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरू बैठकमा उपस्थित नभएका कारण छलफल अगाडी बढाउन नमिल्ने उल्लेख गरेका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषयमाथिको छलफल कार्यसूचीबाट हटाएका थिए  ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ४६ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड