इजरायलीहरूलाई युद्ध लम्बिने चिन्ता, ट्रम्पलाई गुहार्दै भने- इरानको ‘काम समाप्त गरिदिनुस्’ « Khabarhub

इजरायलीहरूलाई युद्ध लम्बिने चिन्ता, ट्रम्पलाई गुहार्दै भने- इरानको ‘काम समाप्त गरिदिनुस्’


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानमाथिको आक्रमणले साता नाघ्दै गर्दा इजरायलललाई यो तनाव लम्बिँदै जाने चिन्ताले पिरोलेको छ ।

इजरायलले इरामाथिको आक्रमणलाई केही दिनमै टुंग्याउने अपेक्षा गरेको थियो । तर इरानले पनि लगातार हमला गरिरहेपछि इजरायलमा द्वन्द्वलाई लिएर एकातर्फ आत्मविश्वास देखिएको छ भने अर्कोतर्फ चिन्ता पनि बढिरहेको छ।

इजरायली सेना, सेनासम्बन्धी निकाय र मन्त्रीहरू द्वन्द्वमा आफूहरू प्रबल रहेको सन्देश दिन दिनरात सक्रिय छन्। विशेषतः हवाई सेनाका सन्दर्भमा उनीहरू शक्तिशाली देखिएका छन्।

इजरायली लडाकु विमानहरू लगभग स्वतन्त्र रूपमा इरानी आकाशमा उडिरहेका छन् । उनीहरू आफूले चाहेको ठाउँमा मिसाइल प्रहार गरिरहेका छन्।

बिहीबार मात्रै तेहरानमा इजरायलमाथि मिसाइल प्रहार गर्न तयारी गरिरहेको लन्चप्याडमाथि आक्रमण गरेको दाबी त्यहाँको सेनाले गरेको छ ।

युद्ध लम्बिँदै जाँदा इजरायलमा एकातिर आत्मविश्वास देखिएको छ भने अर्कोतर्फ चिन्ता पनि थपिन थालेको समाचार द गार्डियनले छापेको छ ।

तर अर्कोतर्फ इजरायली समाजमा एक गम्भीर बहस पनि चलिरहेको छ । यदि अमेरिकाले इरानमाथि सीधा आक्रमण गरेन भने यो द्वन्द्व दीर्घकालीन ‘खर्चिलो युद्ध’मा परिणत हुन सक्ने चिन्ता जाहेर भइरहेको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो युद्ध कति समयसम्म चल्ने भनेर स्पष्ट भनेका छैनन् । केही हप्ता वा सम्भवतः महिनौँसम्म पनि जान सक्छ। यस्तो लामो द्वन्द्व इजरायलका लागि मात्रै होइन, मध्यपूर्व र समग्र विश्वका सबै पक्षका लागि अत्यन्तै कठिन र खर्चिलो हुने देखिन्छ।

त्यहीकारण अहिले इजरायली सहरहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि एउटा सन्देश दिन थालिएको छ ।

तेलअभिभ लगायत इजरायली सहरहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अपील गरिएको ब्यानर टाँग्न थालिएको छ ।

ती सहरहरूमा ट्रम्पलाई ‘काम समाप्त गर’ भन्ने अपीलसहितको होर्डिङ बोर्ड टाँगेको देख्न सकिन्छ। यी सन्देशहरूले अमेरिकी हस्तक्षेपको लागि इजरायले बढाइरहेको दबाबको संकेत रुपमा आएका हुन् । इजरायलले इरानमाथि निर्णायक कारबाहीको मागसहित ट्रम्पमाथि दबाब बढाइरहेको छ ।

युद्धको मैदानमा इजरायली हवाई सैन्य क्षमताको प्रभुत्व देखिए देशभित्र दीर्घकालीन युद्धको सम्भावित सामाजिक, आर्थिक र सैन्य असरको चिन्ता गहिरिँदै गएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो युद्धमा सिधा होमिने आशामा इजरायलले आक्रमण थालेको थियो । तर ट्रम्पले अहिलेलाई कम्तीमा दुई साता यो युद्धमा सिधा नहोमिने संकेत गरिसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ५१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि