असार १५ पछि मात्रै जिल्ला अधिवेशन गर्न तरुण दलका अध्यक्षको निर्देशन « Khabarhub

असार १५ पछि मात्रै जिल्ला अधिवेशन गर्न तरुण दलका अध्यक्षको निर्देशन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले असार १५ गतेपछि मात्रै जिल्ला अधिवेशन गर्न निर्देशन दिएका छन् । 

अध्यक्ष विद्धान गुरुङले मातहतलाई परिपत्र गर्दै असार १५ गतेसम्म सदस्यता वितरण गरी सकेपछि मात्रै अधिवेशन गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएका हुन् । 

‘दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएका तरुण साथीहरूलाई ध्यानमा राखी २०८२ साल असार १५ गते सम्म सदस्यता वितरण गरी त्यसपछि मात्र अधिवेशन गर्न निर्देशन गरिन्छ,’ दुई बुँदे परिपत्रमा भनिएको छ । 

उनले तरुण दलको पाँचौँ महाधिवेशनका लागि जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउन र अपुग आवश्यक सदस्यता फारमहरू केन्द्रीय कार्यालयबाट लैजान पनि भनेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड