पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ? « Khabarhub

पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ?


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक महिनाको पहिलो शुक्रबार सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम यस पटक प्रभावित भएको छ ।

शुक्रबार डाकिएको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा राखिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीक विरोधका कारण सम्भव नभएको हो ।

दुई दलले विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यूचीबाट हटाए ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरेपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।

प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री ओली केही बेर बसेर बाहिरिएका छन् ।

संसद् भवन परिसरबाट बाहिरिने क्रममा ओलीलाई पत्रकारहरूले घेर्न भ्याए । त्यही बीचबाट एकजना पत्रकारले सोधे, ‘सांसदहरूको प्रश्नको जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्रीज्यू ?’, तत्कालै मुस्कुराउँदै ओलीले जवाफ फर्काए, ‘मजा लाग्यो ?’

शुक्रबार प्रतिनिधिसभामा दुई दलले विरोध गरेपछि सभामुख घिमिरेले बस्न बारम्बार आग्रह गरे पनि वातावरण बनेन ।

कालो पोशाक र निलो स्कार्फ बाँधेर पुगेका रास्वपा सांसदहरूले वेल नै घेराउ गरे । उता राप्रपाका सांसदहरूले विरोध जनाइरहे । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको घोषणा गरे ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा विरोध गर्दै आइरहेका छन्। तर लेखकलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दह्रो साथ दिएर जोगाइरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०९ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा