पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ? « Khabarhub

पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ?


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक महिनाको पहिलो शुक्रबार सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम यस पटक प्रभावित भएको छ ।

शुक्रबार डाकिएको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा राखिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीक विरोधका कारण सम्भव नभएको हो ।

दुई दलले विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यूचीबाट हटाए ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरेपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।

प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री ओली केही बेर बसेर बाहिरिएका छन् ।

संसद् भवन परिसरबाट बाहिरिने क्रममा ओलीलाई पत्रकारहरूले घेर्न भ्याए । त्यही बीचबाट एकजना पत्रकारले सोधे, ‘सांसदहरूको प्रश्नको जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्रीज्यू ?’, तत्कालै मुस्कुराउँदै ओलीले जवाफ फर्काए, ‘मजा लाग्यो ?’

शुक्रबार प्रतिनिधिसभामा दुई दलले विरोध गरेपछि सभामुख घिमिरेले बस्न बारम्बार आग्रह गरे पनि वातावरण बनेन ।

कालो पोशाक र निलो स्कार्फ बाँधेर पुगेका रास्वपा सांसदहरूले वेल नै घेराउ गरे । उता राप्रपाका सांसदहरूले विरोध जनाइरहे । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको घोषणा गरे ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा विरोध गर्दै आइरहेका छन्। तर लेखकलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दह्रो साथ दिएर जोगाइरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०९ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि