बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग « Khabarhub

बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–६ को बाम्का बजारका आगलागी पीडितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झण्डै साढे तीन लाख रुपैयाँ संकलन गरेको छ । 

पर्यटन मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट पर्यटनमन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराको बाम्बा बजारका आगलागी पीडितका लागि उक्त रकम संकलन गरेको हो ।

बाम्का बजार आगलागी पीडितका लागि तीन लाख पाँच हजार ७६५ रुपैयाँ संकलन गरिएको मन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए । 

उनले मन्त्रीको सचिवालय र विभिन्न विभागका कर्मचारीहरूबाट संकलन भएको उक्त रकम जिल्लामा गठन गरिएको राहत संकलन तथा व्यवस्था समितिको खातामा जम्मा गरिएको बताए । 

बम्का बजारमा जेठ २३ गते भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : १२ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड