३४ लाख लागतमा खानेपानी आयोजना निर्माण « Khabarhub

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ । समलामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको छ ।

पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा थिए । यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताउँछन् ।  

लेटाङ नगरपालिकामार्फत ३४ लाख रुपैयाँको लागतमा समला डाँडामा खानेपानीको ट्याङ्की निर्माण गर्नाका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्याङ्कीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो । 

पाइपलाइन जडान गरे पनि ट्याङ्कीबाट गाउँटोलसम्म धारा वितरण हुन सकेको थिएन । यद्यपि चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले पाँच लाखरुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोलटोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन् । 

समला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुसार खानेपानीको ट्याङ्कीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलामा १३ वटा धारा पुर्‍याइएको छ ।

समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्ने गरी धारा वितरण गरिएको हो । 

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उनको अपेक्षा छ । रासस
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५६ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४