गण्डकीको बजेटमा माओवादीको आपत्ति « Khabarhub

गण्डकीको बजेटमा माओवादीको आपत्ति


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएर पुन बसेको छ ।

शुक्रबार विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची तय भएकामा सुरुमै माओवादीले विरोध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख कृष्णप्रसाद धितालले बारम्बार छलफलबाट समस्या समाधान हुने भएकाले बैठक सुचारु गर्न आग्रह गरे पनि विपक्षीले अवरोध जारी राखेका थिए । 

त्यसपछि सभामुखले माओवादी सांसद रेशमबहादुर जुग्जालीलाई बोल्नका लागि सयौँ दिए । जुग्जालीका अनुसार बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रममा दलको नेताले विशेष समय लिएर राखेका सुझावलाई समेत बेवास्ता गरिएको बताए । सहिद, बेपत्ता, अपांगता भएकाहरूप्रति आर्थिक विधेयकले सुविधा कटौती गरेकामा माओवादीले आपत्ति जनाएको हो ।

प्रदेशको सडक ऐनअनुसार सडकको मर्मतका लागि तीन प्रतिशत बजेट नछुट्याइएको उनको भनाइ थियो । उनले भने, ‘हामीले सडक ऐन पास गर्‍यौँ, ऐनमा सडकमा छुट्टिएको पुँजीगत बजेटको तीन प्रतिशत बजेट मर्मत सम्भारमा राख्ने भनेको थियो । त्यसलाई ऐनमा पास गरेको कुरा बजेटले बोलेको छैन । अर्थ मन्त्रालयले सम्बोधन नगरेसम्म यो सदन चल्न सक्दैन ।’ त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

सभामुखकै पहलमा मुख्यमन्त्री, अर्थमन्त्री र विपक्षी दलका नेता बसेर सहमति गरेपछि शुक्रबारबारै बसेको दोस्रो बैठक सहजपूर्ण रुपमा अगाडि बढेको थियो । बजेटमा छुट भएका विषयलाई समेटेर लैजाने प्रतिबद्धता सत्तापक्षले जनाएपछि माओवादीका त्यसमा सहमत भएको हो । 

दोस्रो बैठकको सुरुमा नै आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले विपक्षी दलले उठाएका विषयमा सरकारको गम्भीर ध्याकर्षण भएको भन्दै छुटेका विषयलाई समावेश गरेर लैजाने प्रतिबद्धता जनाए । 

आर्थिक विधेयकको अनुसूची १ को घ (८) मा सशस्त्र आन्दोलन थपिने प्रतिबद्धता जनाए । उनले भने, ‘यसका जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनमा सहादत प्राप्त गरेका सहितका आश्रित पति, पत्नी, छोरा, छोरी, तथा मातापिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस अनुसूची लाग्ने गरी सबै शुल्क पूर्णरुप्मा छुट हुनेछ भन्ने वाक्यंश राखिने छ । 

सडक मर्मत कोष र सहित स्मृति विद्यालयलाई कानुन वमोजिम अनुदान दिने पनि सरकार तत्पर रहेको प्रतिबद्धता उनले जनाएका थिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ०० बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा