प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह « Khabarhub

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका छन् ।  

शुक्रबार काठमाडौंमा माओवादीको विपद्‌ व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनीकरण गर्न उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन् ।

माओवादी अन्तर्गतको भातृसंगठनहरुले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्नसमेत उनले निर्देशन दिए ।

विपद् आउनु अगाडी नै पूर्वतयारी महत्त्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले बढी पहल लिन जरुरी रहेको धारणा राखे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत रहे यसले प्रभावकारी रूपमा काम गर्न सक्ने उनले बताए । 

प्रचण्डले विपद् न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, भातृसंगठन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण