सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट | Khabarhub Khabarhub

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५ गते बिहीबारसम्म शेयर बजारमा खासै उपलब्धि देखिएन । बजार पुरै सातामा पाँच दिन कारोबार हुँदा पनि बजार भने बढ्न सकेन ।

यो साता दुई दिन बजार बढ्यो भने तीन दिन बजार घटेको छ । साताको अन्तिम दिन बजारमा आएको उच्च अङ्कको गिरावटका कारणले गर्दा साताको बजार घट्न गएको हो । सुरुको दुई दिन बजार बढ्दा पनि सामान्य र पछिका दुई दिन घट्दा पनि सामान्य अङ्कले नै घटेको थियो ।

अघिल्लो साताको बिहीबार अर्थात जेठ २९ गते २६५५.३८ विन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा घटेर २६२८.९१ विन्दुमा आएको छ ।

सातामा नेप्से २६.५७ अङ्कले घटेको छ । यसरी हेर्दा दैनिक रुपमा औषतमा नेप्से ५.३० अङ्कले घटेको छ । यो साता बजारमा गिरावट आए पनि कारोबारले भने साथ दिएको देखिएको छ ।

पाँच दिनको अवधिमा ५२ अर्ब ६० करोड ८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दैनिक औसतमा १० अर्ब ५२ करोड एक लाख ६८ हजार रुपैयाँ कारोबार भएको हो ।

सातामा कित्ता कारोबार हुनेमा पनि उच्च देखिएको छ । यो साता १२ अर्ब ८२ करोड ९४ हजार ८५९ कित्ता शेयर कारोबार भएको छ । जुन दैनिक औसतमा दुई करोड ५६ लाख ५८ हजार ९७२ कित्ता कारोबार हो ।

सातामा पाँच दिनको अवधिमा जम्मा चार लाख ७० हजार ६५० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ९४ हजार १३० पटक कारोबार भएको छ । सातामा भएको कम्पनी कारोबार भएको आधारमा दैनिक औसतमा ३१२ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

कुन दिन कस्तो थियो बजार ?

यो साताको आइतबार नेप्सेले केही आसा जगाएको थियो । आइतबार बजारमा झिनो अङ्कको मात्र भएपनि बजार केही बढेको थियो । अघिल्लो कारोबारको तुलनामा कारोबार घटेको भएपनि कारोबार पनि सन्तोषजनक नै देखिएको थियो ।

आइतबार बजार बन्द हुँदा नेप्से ०.४७ अङ्कले बढेर २६५५.८५ विन्दुमा पुगेको थियो । उक्त दिन बजार ०.०१ प्रतिशतले मात्र बढ्दा बजारमा नौ अङ्कको उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६६७.६८ विन्दु र न्यूनतम २६५३ विन्दुसम्म पुगेको थियो ।

आइतबार अघिल्लो कारोबारको तुलनामा एक अर्ब भन्दा बढी कारोबारमा गिरावट आएको थियो । उक्त दिन ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर कारोबार भएको थियो । आइतबार दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ३७४ पटक शेयर किनबेच भएको थियो ।

नेप्सेले सोमबार पनि लगानीकर्तामा आसा देखाएको थियो । सोमबार नेप्से बन्द हुँदा २.८० अङ्कले बढेर परिसूचक २६५८.६६ विन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन ०.१० प्रतिशतले नेप्से बढ्दा बजारमा २६ अङ्कको उतारचढाव आएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६७९ विन्दु र न्यूनतम २६५२ विन्दुसम्म पुगेको थियो ।

सोमबार कारेबारमा भने उछालनै आएको थियो । लामो समयपछि कारोबार उच्च देखिएको थियो । सोमबार एकै दिन १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा एक लाख पाँच हजार ६३५ पटक शेयर किनबेच भएको थियो ।

सातामा दुई दिन लगातार बढेको बजरामा तेस्रो दिन भने ब्रेक लागेको थियो । मङ्गलबार बजार बन्द हुने बेलामा नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से परिसूचक ०.१४ प्रतिशतले घट्दा बजारमा १९ अङ्कको उतारचढाव देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक उच्चतम २६७० विन्दु र न्यूनतम २६४९ विन्दुसम्म पुगेको थियो ।

मङ्गलबार नेप्सेको घटाइसँगै कारोबार पनि भारि अङ्कले घटेको थियो । सोमबारको तलुनामा मङ्गलबार ६ अर्बले कारोबार घटेको थियो ।

मङ्गलबार दिनभरमा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँ बरबरको एक करोड ६४ लाख ७७५ कित्ता शेयर कारोबार भएको थियो ।

उक्त दिन दिनभरमा ३०६ वटा कम्पनी कारोबार हुँदा ७० हजार ७७ पटक शेयर किनबेच भएको थियो । बजारको ओरालो यात्रा बुधबार पनि कायम रहेको थियो । बुधबार नेप्से झिनो अङ्कले घट्दा कारोबारमा भने वृद्धि देखिएको थियो ।

बुधबार बजार बन्द हुँदा नेप्से १.०७ अङ्कले घटेर २६५३.६८ विन्दुमा आएको थियो । उक्त दिन बजार ०.०४ प्रतिशतले घट्दा बजारमा ११ अङ्कको उतारचढाव आएको थियो । नेप्से परिसूचक उच्चतम २६६२ विन्दु र न्यूनतम २६४९ विन्दुमा पुगेको थियो ।

बुधबार कारोबारमा भने दुई अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिएको थियो । बजार अवधिभर नौ अर्ब आठ करोड ५८ लाख ८६ हजार रुपैयाँ बरबरको दुई करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर कारोबार भएको थियो । दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार १३ पटक शेयर किनबेच भएको थियो ।

दुई दिनसम्म सामान्य अङ्कले घटिरहेको बजारमा साताको अन्तिम दिन बिहीबार भने बजार उच्च अङ्कको गिरावट देखियो । बिहीबार एकै दिन बजारमा २४.७६ अङ्कले घटेर २६२८.९१ विन्दुमा पुग्यो ।

उक्त दिन बजार ०.९३ प्रतिशतले घट्दा बजारमा २९ अङ्कको उतारचढाव देखियो । बिहीबार नेप्से परिसूचक उच्चतम २६६१ विन्दु र न्यूनतम २६२८ विन्दुसम्म पुगेको थियो ।

बिहीबार बजारमा उच्च अङ्कको गिरावट आएपनि कारोबारमा भने वृद्धि देखिएको थियो । उक्त दिन दिनभरमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँ बराबरको दुई करोड ९४ लाख १५ हजार ३०७ कित्ता शेयर कारोबार भयो ।

बिहीबार ३१४ वटा कम्पनी कारोबारमा आउँदा दिनभर एक लाख २१ हजार ५५१ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ४५ बजे

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा