पोखरामा नगर बसको प्रदूषण जाँच « Khabarhub

पोखरामा नगर बसको प्रदूषण जाँच


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच गरियो । महानगरभित्र चल्ने नगर बसहरूको प्रदूषणले सौन्दर्यमा आँच आएको र धूवाँको मुस्लोले हिँड्नै कठिन भएको भन्दै सामाजिक सञ्जालहरूमा टिप्पणी भएपछि प्रदूषण जाँचिएको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीले महानगर कार्यालय नजिक न्युरोडमा २१ नगर बसको प्रदूषण जाँच गर्‍यो ।

जाँच गर्दा ११ वटा मात्र पास भए भने १० नगर बसको अवस्था ठीक देखिएन । यातायात व्यवस्था कार्यालय सवारी कास्की प्रमुख ढाकाप्रसाद शर्मा जाँचमा असफल भएका सवारीहरूले मर्मत सम्भार गरी उचित अवस्था भएपछि मात्र चलाउन पाउने बताए ।  

जाँच फेल भएका बसका चालकलाई मर्मत सम्भार गर्न भनेका छौँ । गाडी मर्मत गरी फेरि प्रदूषण जाँच गराएर पास भएपछि मात्र चलाउन पाउनुहुन्छ । त्यसअघि सवारी चलाउन मिल्दैन,’ उनले भने । कार्यालयले अघिल्लो हप्ता १० वटा नगर बसको प्रदूषण जाँचेको थियो । तीमध्ये ६ वटा जाँचमा असफल भएका थिए । 

सार्वजनिक सवारीहरूले धूवाँको मुस्लो फाल्ने गरेको र अनुगमन नभएको गुनासो आएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदूषण जाँच गर्न निर्देशन दिएका थिए । शुक्रबार भएको प्रदूषण जाँच हेर्न मन्त्री केसी आफैँ फिल्डमा पुगेका थिए । 

मन्त्री केसीले यातायात क्षेत्रका समस्या सुल्झाउन मन्त्रालयले योजनाबद्ध काम गरिरहेको उल्लेख गरे । उनले आगामी वर्षबाट प्रदेशबाटै सवारी चालक अनुमति पत्र छापिने जानकारी दिँदै त्यसका लागि सरकारले १० करोड विनियोजन गरेको सुनाए । 

पर्यटन राजधानीको सुन्दरता र स्वच्छता कायम राख्न प्रदूषण जाँच गरिएको हो । सरकार यातायात क्षेत्रका समस्या सुल्झाउन र नागरिकलाई सहज सेवाको अनुभूति दिन दत्तचित्त छ,’ उनले भने, मापदण्ड विपरीत चल्ने सवारीहरूलाई कारबाही प्रक्रिया निरन्तर हुन्छ ।’

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २१ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान