सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल « Khabarhub

सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डमा जारी टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको निम्तो पाएको छ।

घरेलु टोलीले टस जितेर पहिले ब्याटिङमा जाने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

स्कटल्याण्डको ग्लासगोमा घरेलु टोलीका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजे । घरेलु टोलीविरुद्धको खेलका लागि नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध बिहीबार खेलेका करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई बोलाएको हो । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ३७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित