हेटौंडा– बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ ।
तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकी छिन् ।
कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुम्बाले गरेका हुन् ।
तीन महिलासहित ४१ जना सहभागी रहेको यस तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन हमातिया र रोजन श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ भने शारीरिक पक्षको प्रशिक्षण वीरेन्द्रबहादुर पाण्डेले दिनेछन्। एजेन्सी
प्रतिक्रिया