वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल « Khabarhub

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गरे ।

उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि