सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव « Khabarhub

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् ।

आज जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको बताए ।

उनले भने, ‘बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो बनायो भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, ऐतिहासिक छ ।’

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिँचाई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए ।

उनले भने, ‘यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।’

मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४० बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष