कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन « Khabarhub

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा ८२ करोड २२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । एक वर्षे तथा बहु वर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो । 

भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम सात लाखदेखि १० करोड रुपैयाँसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ । 

जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबारमात्र सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४४ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका