नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक « Khabarhub

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको निम्तो पाएको छ। घरेलु टोलीले टस जितेर पहिले ब्याटिङमा जाने निर्णय लिएपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले १० ओभरमै सय रन कटाएको छ । १० ओभरको खेल सकिँदा उसले एक विकेट गुमाएर १०१ रन बनाएको छ । स्कटल्याण्डका जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरिरहेका छन् । उनले ताजा अवस्थामा ३० बलमा ५९ रन बनाएका छन् । उनले चार चौका र चार छक्का प्रहार गरेका छन् ।

घरेलु टोलीविरुद्धको खेलका लागि नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।नेपालले नेदरल्याण्ड्सविरुद्ध बिहीबार खेलेका करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई बोलाएको हो । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ३८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते