स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य « Khabarhub

टी–ट्वान्टी आई सिरिज

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।

ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए ।

नेपालले स्कटल्याण्ड्सविरुद्धको खेलमा करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई मैदान उत्रारेको छ । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २८ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ