रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव « Khabarhub

रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने विचार राखेका छन्। उनले अर्को साता रुससँग युद्ध विराम गर्न पहल गर्ने बताएका हुन्।

शनिबार युक्रेनवासीलाई सम्बोधन गर्ने क्रममा उनले युक्रेनका रक्षा काउन्सिल रुस्तम उमेरोभले रुसका सामु युद्ध विरामको प्रस्ताव राखिसकेको जानकारी दिए।

उनले रुसले पनि मान्छे मार्नेक्रम रोकेर दुवै पक्षबाट बन्दी रिहाको क्रम सुरु गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनले नेतृत्व तहको बैठक सुरक्षित स्थानमा हुनुपर्ने भन्दै आफू यसका लागि तयार भएको बताएका छन्।

यसअघि जुन महिनामा युद्ध विरामका लागि वार्ता भएको थियो। रुसले युद्ध रोक्नका युक्रेनसँग अत्यन्त धेरै भूमि माग गरेपछि वार्ता बिथोलिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले ५० दिनमा युद्ध विराम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको केही दिन पछि जेलेन्स्कीले यो प्रस्ताव राखेका हुन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २५ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने