रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव « Khabarhub

रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने विचार राखेका छन्। उनले अर्को साता रुससँग युद्ध विराम गर्न पहल गर्ने बताएका हुन्।

शनिबार युक्रेनवासीलाई सम्बोधन गर्ने क्रममा उनले युक्रेनका रक्षा काउन्सिल रुस्तम उमेरोभले रुसका सामु युद्ध विरामको प्रस्ताव राखिसकेको जानकारी दिए।

उनले रुसले पनि मान्छे मार्नेक्रम रोकेर दुवै पक्षबाट बन्दी रिहाको क्रम सुरु गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनले नेतृत्व तहको बैठक सुरक्षित स्थानमा हुनुपर्ने भन्दै आफू यसका लागि तयार भएको बताएका छन्।

यसअघि जुन महिनामा युद्ध विरामका लागि वार्ता भएको थियो। रुसले युद्ध रोक्नका युक्रेनसँग अत्यन्त धेरै भूमि माग गरेपछि वार्ता बिथोलिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले ५० दिनमा युद्ध विराम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको केही दिन पछि जेलेन्स्कीले यो प्रस्ताव राखेका हुन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको