अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत जातका बाख्रा र मौरीसहितका घार वितरण गरेको छ । 

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन १६ जनालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।

‘आवश्यकताका आधारमा अनुदानका लागि निवेदन पेस गर्न माग गरिएको थियो’, उनले भने, ‘मागका आधारमा नौ जनालाई बाख्रा, चार जनालाई मौरीका घार, एक जनालाई काठ चिर्ने मेसिन, एक जनालाई सिलाइ मेसिन र एक जनालाई ‘ड्राइपट’ उपलब्ध गराइएको हो ।’

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यसहित अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बञ्जराले बनाए । 
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी