वर्षाका कारण देशभरका यी ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध « Khabarhub

वर्षाका कारण देशभरका यी ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् ।

यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थितसहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ५४ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको