शाहरुख खान ‘किङ्ग’ को सेटमा घाइते भएको खबर गलत ठहरियो  « Khabarhub

शाहरुख खान ‘किङ्ग’ को सेटमा घाइते भएको खबर गलत ठहरियो 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानको बारेमा हालै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको एउटा हल्लाले उनका फ्यानहरूलाई तनावमा पारेको थियो । 

विभिन्न रिपोर्टहरूमा भनिएको थियो कि शाहरुख खान आफ्नो आउँदै गरेको फिल्म ‘किङ्ग को एक्शन दृश्यको छायांकन मुम्बईको गोल्डेन टोब्याक्को स्टुडियोमा गरिरहेका बेला सेटमा दुर्घटना भएको थियो।

उक्त खबरले फ्यानहरूमा चिन्ता पैदा गरायो र धेरैले सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

भारतीय मिडिया एनडीटीभीमा प्रकाशित एक रिपोर्ट अनुसार, शाहरुख खानलाई कुनै नयाँ चोट नलागेको पुष्टि गर्दै भनेका छन् कि ‘उनी नियमित स्वास्थ्य परीक्षणको लागि अमेरिका गएका हुन्, कुनै पनि नयाँ चोट लागेको छैन’ शाहरुख खानले विगतमा विभिन्न फिल्महरूमा खतरनाक स्टन्ट र उच्चस्तरीय एक्शन दृश्यहरू गर्दै गर्दा चोटहरू व्यहोरेका थिए, जसका असरहरू कहिलेकाहीँ पुनः देखिने गर्छन् । यिनै चोटहरूका कारण उनी बेलाबेलामा अमेरिका गएर उपचार गराउँदै आइरहेका छन् ।

शाहरुख खानले २०२३ मा पठान, जवान, र ुडंकीजस्ता सफल फिल्महरू दिएपछि अब उनी नयाँ एक्शन थ्रिलर फिल्म ु किङ्ग मार्फत पर्दामा फर्कंदै छन् । यो फिल्मलाई चर्चित निर्देशक सिद्धार्थ आनन्द ले निर्देशन गर्दैछन् । फिल्ममा अभिषेक बच्चन खलनायकको भूमिकामा देखिनेछन् भने शाहरुखकी छोरी सुहाना खान पनि यो फिल्ममार्फत ठूलो पर्दामा डेब्यू गर्ने बताइएको छ। फिल्म सन् २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ, र यसलाई लिएर शाहरुख खानका फ्यानहरूमा निकै उत्साहित छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : १३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै