किशोरी डिम्ब कारोबार घटनाबारे छानबिन गर्न समिति गठन  « Khabarhub

किशोरी डिम्ब कारोबार घटनाबारे छानबिन गर्न समिति गठन 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

१८ वर्ष मुनिका किशोरीहरूको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेर काम सुरु भइसकेको मन्त्रालयका सुचना अधिकारी भक्त बहादुर केसीले जानकारी दिए । 

समितिमा मन्त्रालयमा कार्यरत डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य रहेका छन् । समितिलाई अनुगमन गरेर प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

काठमाडौंको बबरमहल स्थित फर्टिलिटी एण्ड डाइग्नोष्टिक क्लिनिक र महाराजगञ्जस्थित एञ्जल फर्टिलिटी क्लिनकमा १८ वर्षमुनिका दुई जना किशोरीहरूबाट डिम्ब संकलन गरी १८ लाखसम्ममा ग्राहकलाई बेचेको घटना सार्वजनिक भएपछि आइभिएफ प्रविधिमाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु