कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा « Khabarhub

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा उखुबाट निर्मित चिनीको प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आफूले गरेको आग्रह स्वीकार गर्दै कोकाकोलाले आइन्दा उखुबाट निर्मित चिनीको प्रयोग गर्न तयार भएको ट्रम्पले जानकारी दिएका हुन् ।

ट्रम्पको घोषणाबारे कम्पनीले कुनै प्रतिक्रिया दिइनसकेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ । यसअघि अमेरिकी उत्पादनमा कोकाकोलाले कोर्न सिरपबाट पैदा हुने चिनीको प्रयोग गर्दै आएको थियो ।

कोर्न सिरपबाट उत्पादन हुने चिनीमा उखुको तुलनामा फ्रक्टोजको मात्रा उच्च हुने बताइन्छ । यसअघि अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले उच्च फ्रुक्टोजको मात्रा भएका खाद्य पदार्थमा कडाइ गर्ने घोषणा गरेका थिए ।

‘मेक अमेरिका हेल्दी अगेन’ को नारा लिएर स्वास्थ्यमन्त्री बनेका जुनियरले यसरी आम रुपमा सस्तोमा पाइने कोर्न सिरपबाट बन्ने गुलियो पदार्थले मानिसहरुमा मोटोपन र मधुमेहको समस्या बढाएको दाबी गरेका थिए । उनले खानेकुरालाई रंगीन बनाउन प्रयोग हुने कृत्रिम रंग र बीऊको तेलको प्रयोगमा पनि कडाइ गरिने घोषणा गरेका छन् ।

अमेरिकामा कोकाकोलाले कोर्न सिरपबाट बनेको चिनी प्रयोग गरेपनि छिमेकी मेक्सिकोमा भने उखुबाट नै बनेको चिनी प्रयोग गर्दै आएको छ । स्वास्थ्यविदहरु उखु वा कोर्न सिरप जेबाट बनेको भएपनि चिनी हालिएका हल्का पेय पदार्थको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ४० बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन