स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा « Khabarhub

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए । सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन भइरहेका उनले जानकारी दिए। 

बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म दर्जनौँ स्थानमा सडक क्षति भएको र लिङ्लिङ् भन्ने स्थानमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ‘ट्रयाक’ खोल्न हप्ता दिन लागेको हो । 

काठमाडौंबाट छुटेका हलुका सवारीसाधन अब सिधै रसुवागढीसम्म पुग्ने गल्छी त्रिशूली रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ । 

नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारीसाधन सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । 

लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेतिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षाकर्मीसँग सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण