सुर्खेतमा डेंगीका बिरामी बढ्दै  | Khabarhub Khabarhub

सुर्खेतमा डेंगीका बिरामी बढ्दै 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा डेंगी रोगका बिरामी रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा सुर्खेतमा डेंगी रोगका बिरामी बढ्दै गएका हुन् । 

आर्थिक वर्ष २०७७/०७८ मा छ सय ३९ जना, आर्थिक वर्ष २०७८/०८९ मा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० मा एक हजार चार सय ८४, आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ७१ र आर्थिक वर्ष २०८१/०८२ मा एक हजार आठ सय ३७ जनामा डेंगी रोग देखिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्राविधिक शाखा तथा मलेरिया निरीक्षक उदय बिसीले बताए ।
 
आर्थिक वर्ष २०७८/०८९ मा पाँच हजार तीन सय ३० जनामा डेंगी परीक्षण गर्दा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० मा आठ हजार चार सय १६ जनामा डेंगी परीक्षण गर्दा एक हजार चार सय ८४, आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार नौ सय ५२ जनामा डेंगी परीक्षण गर्दा पाँच सय ७१ जनामा र आर्थिक वर्ष २०८१/०८२ मा चौध हजार ३७ जनामा डेंगी परीक्षण गर्दा एक हजार आठ सय ३७ जनामा डेंगी रोग देखिएको मलेरिया निरीक्षक बिसीले जानकारी दिए । 

सबैभन्दा जोखिम वीरेन्द्रनगरमा

सुर्खेतका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी डेंगीको जोखिम सुर्खेतमा बढी देखिएको छ । 

सुर्खेत नौ पालिकामध्ये गत आर्थिक वर्ष २०८१/०८२ जेठ महिनासम्म सुर्खेतमा एक हजार आठ सय ३७ जनामा डेंगीको संक्रमण देखिएकोमा एक हजार आठ सय चार जना सुर्खेतका रहेका र अन्य ३३ जना जिल्ला बाहिरको रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । 

त्यसमध्ये वीरेन्द्रनगर नगरपालिकाका एक हजार चार सय १६, गर्भाकोट नगरपालिका एक सय ४३,पञ्चपुरी नगरपालिका एक सय ३५, लेकबेसी नगरपालिका ३८, भेरीगंगा नगरपालिका २९, चिङ्गाड गाउँपालिका नौ, सिम्ता गाउँपालिका छ जना र चौकुने गाउँपालिका एक जनामा डेंगी सक्रमण देखिएको थियो । 

डेंगीका कारणले चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । बराहताल गाउँपालिका एक जना, वीरेन्द्रनगर नगरपालिका दुई जना र गुर्भाकोट नगरपालिका एक जनाको मृत्यु भएको कार्यालय जनाएको छ । 

श्रावण महिना–डेंगी सचेतना महिना कार्यक्रम सञ्चालन

सुर्खेत जिल्लामा पनि श्रावण महिना–डेंगी सचेतना महिना राष्ट्रिय अभियान घोषणा कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्ने योजना रहेको मलेरिया निरीक्षक बिसीले बताए । 

उनका अनुसार ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियानमार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने कार्य गर्ने/गराउने, स्थानीय तहहरुले टोल विकास समितिहरू, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गरी ‘हप्ताको एक दिन, एक घण्टा हुँदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ भन्ने नाराका साथ खोज तथा नष्ट अभियान सञ्चालन, डेंगी नियन्त्रणका रणनीति र समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे संघ, प्रदेश, तथा स्थानीय तहहरूमा  छलफल तथा पैरवी र हरेक वार्डमा घरदैलो, समूह छलफल, पोस्टर÷ब्यानर वितरण लगायत माध्यमद्वारा डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने कार्यक्रम रहेको बताए ।

त्यस्तै, खोज तथा नष्ट विधिलगायत अन्य डेंगी सम्बन्धी स्वास्थ्य शिक्षा तथा सुचना सामग्रीहरू उत्पादन, वितरण तथा प्रचार–प्रसार गर्ने, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र मार्फत मार्फत विभिन्न स्थानीय भाषामा तयार पारिएका रेडियो जिङ्गलहरू देशभरका एफएम सञ्जालहरूमार्फत प्रसारण गर्ने, मोबाइल रिङ्गटोनमार्फत डेंगी जोखिमसम्बन्धी सूचना नागरिकहरूसम्म पुर्‍याउने, संघीय तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा साथै प्रदेश तथा स्थानीय तहका आधिकारिक सामाजिक सञ्जालबाट दैनिक रूपमा जोखिम संचार सामग्री प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयस्तरमा डेंगीसम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय स्वास्थ्य दूत मार्फत– साथी शिक्षा, विद्यालय–घर सन्देश प्रवाह, वक्तृत्वकला, निबन्ध तथा वादविवाद प्रतियोगिता जस्ता क्रियाकलापहरू संचालन गर्ने, स्थानीय तहको सहजीकरणमा विद्यालयमा विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाइको अनुगमन गर्ने/गराउने, बहु–निकाय सहकार्य सुनिश्चित गर्न सम्बन्धित सरोकारवाला तथा तिनका सञ्जालसँग नियमित अन्तरक्रिया गरी परिचालन गर्न पैरवी गर्ने, आ–आफ्नो क्षेत्रमा अटोवर्कशप तथा कवाडी सामान व्यवस्थापन गर्ने स्थलहरूमा निरन्तर निगरानी गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, होटल, उद्योग तथा निजी व्यवसायीका छाता संगठनहरूसँग सहकार्य गरी तिनीहरूका सदस्य संस्थाहरूलाई डेंगीसम्बन्धी जनचेतना प्रचार प्रसारमा संलग्न गराउन सहकार्य गर्ने र युवा क्लब, स्वयंसेवक तथा विश्वविद्यालयस्तरका विद्यार्थी सञ्जाललाई ‘खोज तथा नष्ट’ अभियानसहित डेंगी नियन्त्रणका गतिविधिमा परिचालन गर्ने कार्यक्रम रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ५६ बजे

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवाद समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले