आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् « Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २० तारिख। आज प्रदोष व्रत। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : २८ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका